Ezekiel 7:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिंसाले बढी दुष्‍ट्ट्याइँ ल्‍याउँछ। तिनीहरूका हातमा केही रहनेछैन, तिनीहरूका धन-सम्‍पत्ति, शोभा वा महिमा केही रहनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उपद्रव बढ़ेर दुष्‍टतालाई दण्‍ड दिने लट्ठीतुल्‍य भएको छ। तिनीहरूमध्‍येको कुनै पनि मानिस छोड़िनेछैन। कुनै धन-सम्‍पत्ति, कुनै बहुमूल्‍य चीज छोड़िनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍टलाई दण्ड दिनलाई, लट्ठी बनेको छ; कुनै पनि मानिस छोडिनेछैन; त्यस भीडका कोही पनि रहनेछैन। तिनीहरूका धनसम्पत्ति, कुनै पनि बहुमूल्य कुरा, केही पनि छोडिनेछैन।
Nepali ERV (पवित्र बाइबल)
त्यो हिंस्रक मानिस दुष्ट मानिसहरूलाई दण्ड दिन तयारी भइरहेको छ। ऊ तिनीहरू मध्येको एकजना होइन। ऊ तिनीहरूको भीडबाट एक जना होइन। ऊ तिनीहरूको सन्तान मध्येको पनि एक होइन। ऊ तिनीहरूको अगुवाहरू मध्यको पनि होइन।