Ezekiel 7:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै पनि व्‍यापारीले आफूलाई परेको हानि पूर्ति गर्न सक्‍नेछैन, त्‍यसको अघि नै त्‍यो मर्नेछ किनभने सबैमाथि परमेश्‍वरको क्रोध खनिएको छ। दुष्‍टहरू बाँच्‍नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दुवै बाँचुञ्‍जेल बेच्‍नेले आफूले बेचेको त्‍यो जमिन फेरि प्राप्‍त गर्नेछैन, किनभने समस्‍त भीड़को बारे यो दर्शन बद्‌लिनेछैन। तिनीहरूका पापको कारण एक जनाले पनि आफ्‍नो ज्‍यान जोगाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेच्ने र किन्‍ने दुवै बाँचुन्जेल— बेच्नेले बेचेको जमिन फेरि पाउन सक्दैन। किनकि सम्पूर्ण भीडहरूका निम्ति न्यायको दर्शन बदलिनेछैन। तिनीहरूका पापको कारण तिनीहरूमध्ये एउटैले पनि आफ्नो जीवन जोगाइराख्न सक्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
मानिस जसले उसको सम्पत्ति बेच्छ यो उसले फिर्ता पाउने छैन। यद्यपि मानिस जीवित रहेता पनि उसले उसको सम्पत्ति फिर्ता पाउँने छैन। किनभने यो दर्शन सम्पूर्ण समूहका मानिसहरूका निम्ति हो। यसलाई फिर्ता लिन सक्तैन। प्रत्येक मानिसले उसको पापहरूको कारण उसको ज्यान सम्म बचाउनु सक्तैन।