Ezekiel 7:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाहिर गल्‍ली-गल्‍लीमा लडाइँ हुन्‍छ र भित्र घर-घरमा रुढी र अनिकाल हुन्‍छ। बाहिर मैदानमा हुने मानिसहरू लडाइँमा मर्नेछन् अनि सहरभित्र हुनेहरूचाहिँ रुढी र अनिकालले मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बाहिर तरवार र भित्रचाहिँ रूढ़ी र अनिकाल छन्‌। बाहिर गाउँतिर हुने तरवारले मारिनेछन्‌ र सहरमा हुनेचाहिँ अनिकाल र रूढ़ीको गाँस हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाहिर तरवार छ; भित्र रूढी र अनिकाल छन्। गाउँमा भएकाहरू तरवारद्वारा मर्नेछन्; सहरभित्र हुनेहरू रूढी र अनिकालले मर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तरवार लिएर शत्रुहरू शहरको बाहिर छन्। रोग अनि भोक शहर भित्र छ। यदि कोही पनि शत्रुको मैदानमा गयो भने शत्रुको सेनाले त्यसलाई मार्नेछ। यदि उ शहरमा बस्यो भने रोग र भोकले उसलाई नष्ट पार्नेछ।