Ezekiel 7:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्‍ना सुन-चाँदी कसिङ्गरझैँ सडकहुँदो फालिदिनेछन् किनभने परमप्रभुले आफ्‍नो क्रोध खन्‍याउनुहुँदा सुन-चाँदीले तिनीहरूलाई बचाउनेछैन। आफ्‍ना इच्‍छा पूरा गर्न वा पेट भर्न तिनीहरूले सुन-चाँदी चलाउन सक्‍दैनन् किनभने सुन-चाँदीले तिनीहरूलाई पाप गर्न लायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफ्‍नो चाँदी सड़कहरूमा फालिदिनेछन्, र तिनीहरूको सुन अशुद्ध थोकजस्‍तो हुनेछ। परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्‍नेछैनन्‌। सुन र चाँदीले तिनीहरूले आफ्‍नो भोक मार्न वा पेट भर्न सक्‍नेछैनन्, किनभने तिनीहरूलाई पापमा पार्ने ठक्‍कर यही नै थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिनीहरूले आफ्ना चाँदी सडकहरूमा फ्याँकिदिनेछन्, र तिनीहरूका सुन अशुद्ध कुरो हुनेछ। याहवेहको क्रोधको दिनमा तिनीहरूका सुनचाँदीले तिनीहरूलाई बचाउन सक्नेछैन। सुनचाँदीले तिनीहरूका भोक मेटाउनेछैन अथवा तिनीहरूको पेट भर्नेछैन; किनकि सुनचाँदी नै तिनीहरूका पापको निम्ति ठक्‍करको कारण बनेको थियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले तिनीहरूको चाँदीको मूर्तिहरू सडकमा फ्याँकिदिने छन्। तिनीहरूको आफ्नो सुनको मूर्तिहरू अशुद्ध चीज जस्तै हुनेछन्। किन? किनकि जब परमप्रभुले क्रोध प्रकट गर्नु भयो त्यति बेला मूर्तिहरूले तिनीहरूलाई बचाउँन सकेन्। ती मूर्तिहरू मानिसका निम्ति पतनको जाल अतिरिक्त अरू थिएनन्। ती मूर्तिहरूले मानिसहरूलाई खाने कुरा दिन सकेनन्। ती मूर्तिहरूले तिनीहरूको पेटमा अन्न पुर्याएनन्।