Ezekiel 7:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै समयमा तिनीहरू आफ्ना सुन्दर गरगहनामा घमण्ड गर्थे तर गरगहनालाई तिनीहरूले घिनलाग्दा मूर्तिहरू बनाउन प्रयोग गरे। यसैकारण परमप्रभुले तिनीहरूको धन-सम्पत्ति तिनीहरूको निम्ति चिन्ताको कारण बनाइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना बहुमूल्य गरगहनामा तिनीहरूले घमण्ड गरे, र तीबाट तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू र घृणित प्रतिमाहरू बनाए। यसकारण म यी कुरा तिनीहरूका निम्ति अशुद्ध थोक तुल्याइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना सुन्दर गहनामा घमण्ड गरे, र त्यसलाई तिनीहरूका घृणित मूर्तिहरू बनाउन प्रयोग गरे। तिनीहरूले अशुद्ध आकृतिहरू बनाउनमा प्रयोग गरे; यसकारण म ती कुराहरूलाई तिनीहरूका निम्ति अशुद्ध बनाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
“ती मानिसहरूले तिनीहरूको सुन्दर गहना उपयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फ्याँकिदिनेछु।