Ezekiel 7:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु भन्‍नुहुन्‍छ, “म विदेशीहरूलाई तिनीहरूमाथि लुटपिट गर्न लाउनेछु र दुष्‍टहरूले तिनीहरूका धन लुटेर अपवित्र पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म ती सबै विदेशीहरूलाई लुट्‌न दिनेछु। म पृथ्‍वीका दुष्‍टहरूलाई लूटको मालसरह ती कुरा दिनेछु, र उनीहरूले ती बिटुला पार्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूका धनसम्पत्ति विदेशीहरूलाई लुटको सामानझैँ दिनेछु, पृथ्वीका सबैभन्दा दुष्‍टका हातमा दिनेछु, उनीहरूले ती धनसम्पत्तिलाई अपवित्र पार्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूलाई विदेशीहरूको हातमा छोडिदिनेछु। ती विदेशीहरूले तिनीहरूको हाँसो उडाउनेछन्। ती विदेशीहरूले तिनीहरू मध्ये कतिलाई मार्नेछन अनि कतिलाई बन्दी बनाउँनेछन्।