Ezekiel 7:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैभन्दा दुष्ट जातिहरूलाई म यस देशमा ल्याउनेछु र तिमीहरूका घरहरूमाथि अधिकार गर्न दिनेछु। तिमीहरूले पूजा गर्ने गरेका स्थानहरू अपवित्र बनाइनेछन्। तिमीहरूका बलिया मानिसहरूले आफैंमाथि भरोसा गर्न छोड्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म जाति-जातिहरूका सबैभन्दा दुष्ट मानिसहरूलाई तिनीहरूका घरहरू अधिकार गर्नलाई ल्याउनेछु। बलिया मानिसहरूको घमण्ड म खतम गर्नेछु, र तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जातिहरूमध्ये सबैभन्दा दुष्ट मानिसहरूलाई म इस्राएलीहरूका घरहरू कब्जा गर्नलाई ल्याउनेछु। म तिनीहरूका बलिया योद्धाहरूका घमण्डको अन्त्य गरिदिनेछु; अनि तिनीहरूका पवित्र ठाउँहरू अशुद्ध पारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म अरू देशहरूबाट दुष्ट मानिसहरू ल्याउँनेछु। अनि ती दुष्ट मानिसहरूले सबै इस्राएलका मानिसहरूका घरहरू पाउँनेछन्। म सबै शक्तिशाली मानिसहरूलाई घमण्डी हुनुबाट रोक्नेछु। अरू देशहरूका ती मानिसहरूले तिमीहरूको पूजा गर्ने सबै स्थानहरू लिनेछन्।