Ezekiel 7:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विपत्तिमाथि विपत्ति आउनेछ र एउटापछि अर्को नराम्रो खबर लगातार आइरहनेछ। अगमवक्ताहरूले दर्शनमा देखेका कुराहरू हामीहरूलाई भनून् भनी तिमीहरूले तिनीहरूलाई बिन्‍ती गर्नेछौ। मानिसहरूलाई दिने कुनै शिक्षा पूजाहारीहरूसित रहनेछैन अनि बुढापाकाहरूसित कुनै पनि सल्‍लाह हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विपद्‌माथि विपद्‌ आउनेछ, हल्‍लामाथि हल्‍ला! तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्‍नेछन्‌। पूजाहारीबाट व्‍यवस्‍थाको शिक्षा र धर्म-गुरुहरूबाट परामर्श लोप भइजानेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विपत्तिमाथि विपत्ति आउनेछ; अनि हल्‍लामाथि हल्‍ला आउनेछ। तिनीहरू अगमवक्ताबाट दर्शनको खोज गर्नेछन्; तर पुजारीबाट शिक्षा लोप भइजानेछन्, र प्रधानहरूका परामर्शको पनि अन्त्य हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले एक पछि एक गर्दै दुखको कथा सुन्ने छौ। तिमीले नराम्रो खबर बाहेक अरू केही सुन्ने छैनौ। तिमीले अगमवक्ताको खोजी गरेर दर्शन सोध्नेछौ, तर तिमीहरूले केही पनि पाउने छैनौ। पूजाहारीसँग तिमीहरूलाई दिने व्यवस्थाको शिक्षा केही पनि हुने छैन अनि बूढा-प्रधानहरूसँग तिमीलाई दिने राम्रो सल्लाह हुनेछैन।