Ezekiel 7:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले शोक गर्नेछन्, राजकुमार निराश हुनेछन् र मानिसहरू डरले लगलग काम्‍नेछन्। तिमीहरूले जे कामहरू गरेका छौ, तिनैको लागि म तिमीहरूलाई दण्‍ड दिनेछु। जस्‍तो किसिमले तिमीहरूले अरूको न्‍याय गरेका छौ, त्‍यस्‍तै किसिमले म पनि तिमीहरूको न्‍याय गर्नेछु। म नै परमप्रभु हुँ भनी यी नै कुराले तिमीहरूलाई देखाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले शोक गर्नेछ। राजकुमार निराशमा डुब्‍नेछ। देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌। तिनीहरूको व्‍यवहारअनुसार नै म तिनीहरूसित व्‍यवहार गर्नेछु। तिनीहरूले गरेकै न्‍यायअनुसार म तिनीहरूको न्‍याय गर्नेछु। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले शोक गर्नेछन्, राजकुमारलाई निराशाले ढाक्नेछ, र देशका मानिसहरूका हातहरू त्रासले थरथर काम्नेछन्। म तिनीहरूका चालअनुसार तिनीहरूसित व्यवहार गर्नेछु, र म तिनीहरूकै स्तरअनुसार तिनीहरूको न्याय गर्नेछु। “ ‘तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको राजा तिनीहरूको निम्ति रूनेछन् जो मरिसकेको छ। अगुवाहरूले शोक वस्त्र लगाउने छन्। साधरण मानिसहरू अत्यन्तै डराउँनेछन्। किन? किनकि म त्यसको बदला लिन्छु जुन तिनीहरूले गरेका छन्। म तिनीहरूलाई निश्चय दण्ड दिनेछु। त्यति बेला तिनीहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।”