Ezekiel 7:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे इस्राएल, तेरो अन्त आइपुगेको छ! तैँले मेरो क्रोध थाहा पाउनेछस् किनभने तैँले गरेको कामको निम्ति म तेरो न्याय गर्नेछु। तेरो घिनलाग्दो चालचलनको निम्ति बदला लिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब अन्त्य तँमाथि आएको छ, र म मेरो रीस तँमाथि खन्याउनेछु। तेरो चालचलनअनुसार म न्याय गर्नेछु, र तेरा सबै घिनलाग्दा कामहरूका निम्ति म तँसँग साटो फेर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब अन्त्य तँमाथि छ, र म आफ्नो रिस तेरो विरुद्धमा ल्याउनेछु। म तेरा चालअनुसार तेरो न्याय गर्नेछु; अनि तेरा सबै घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु।
Nepali ERV (पवित्र बाइबल)
अब तिम्रो अन्त्य आएको छ। म देखाउँने छु कि म तिमीहरू प्रति कति क्रोधित छु। म तिमीलाई त्यो नराम्रो कर्मका निम्ति दण्ड दिनेछु जुन तिमीले गरेका छौ। तिमीले जुन डरलाग्दो काम गरेका छौ म तिमीलाई त्यसको दण्ड तिराउँने छु।