Ezekiel 7:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँलाई छोड्‍नेछैनँ, तँलाई केही दया देखाउनेछैनँ। तैँले गरेका घिनलाग्‍दा कामहरूको निम्‍ति तँलाई दण्‍ड दिनेछु र म नै परमप्रभु हुँ भनी तैँले जान्‍नेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई दयाको दृष्‍टिले हेर्नेछैनँ, तँलाई म टिठ्याउनेछैनँ। तेरो माझमा भएका घृणित व्‍यवहार र घिनलाग्‍दा कामहरूका निम्‍ति म तँलाई दण्‍ड दिनेछु। तब तैंले म नै परमप्रभु हुँ भनी जान्‍नेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई दयाको नजरले हेर्नेछैनँ; म तँलाई छोड्नेछैनँ। म निश्‍चय नै तेरा चाल र तेरा बीचमा भएका घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। “ ‘तब तैँले जान्‍नेछस्, कि म नै याहवेह हुँ।’
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई दया देखाउने छँईन म तिमीहरू प्रति टिठाउँने छैन। म तिमीहरूलाई तिमीहरूको नराम्रो कामको निम्ति दण्ड दिने छु। तिमीहरूले डरलाग्दो काम गरेका छौ। अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।”