Ezekiel 7:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब चाँडै तैँले मेरो क्रोधको प्रभाव देख्नेछस्। तैँले गरेको कामको निम्ति म तेरो न्याय गर्नेछु र तेरो घिनलाग्दो चालचलनको निम्ति बदला लिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब म मेरो क्रोध तँमाथि पोखाउनेछु, र मेरो रीस तँमाथि खन्याउनेछु। तेरो चालचलनअनुसार म न्याय गर्नेछु, र तेरा सबै घिनलाग्दा कामहरूका निम्ति म तँसँग साटो फेर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरो क्रोध तँमाथि खन्याउन लागेको छु, र तेरो विरुद्धमा मेरो रिस पोखाउन आँटेको छु। म तेरा चालअनुसार तेरो न्याय गर्नेछु, र तेरा सबै घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म चाँडै नै देखाउँनेछु कि म कति क्रोधित छु। म तिम्रो विरूद्ध मेरो सारा क्रोध प्रकट गर्नेछु। म ती नराम्रो कामको निम्ति दण्ड दिनेछु जुन तिमीले गरेकाछौ। तिमीलाई तिमीले गरेको डरलाग्दो कार्यको निम्ति ज्याला दिन लगाउनेछु।