Ezekiel 7:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँलाई बाँकी राख्नेछैनँ, केही दया देखाउनेछैनँ। तैँले गरेको घिनलाग्दो कामको निम्ति म तँलाई दण्ड दिनेछु र तँलाई दण्ड दिने परमप्रभु म नै हुँ भनी तैँले थाहा पाउनेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई दयाको दृष्टिले हेर्नेछैनँ, तँलाई म टिठ्याउनेछैनँ। तेरो माझमा भएका घृणित व्यवहार र घिनलाग्दा कामहरूका निम्ति म तँलाई दण्ड दिनेछु। तब प्रहार गर्नेचाहिँ म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई दयाको नजरले हेर्नेछैनँ; म तँलाई छोड्नेछैनँ। म तेरा चालअनुसार र तेरा बीचमा भएका घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। “ ‘तब तैँले जान्नेछस्, कि तँलाई प्रहार गर्ने याहवेह म नै हुँ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोडने छैन। तिमीहरूको नराम्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।