Ezekiel 8:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि म भित्र पसें र हेरें। भित्ताहरूमा चारैतिर साँप र अरू अशुद्ध पशुहरू र इस्राएलीहरूले पूजा गर्नेगरेका मूर्तिहरूका चित्र कोरिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले म भित्र पसें र मैले हेरें। चारैतिर भित्तामा सबै किसिमका घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलको घरानाका जम्मै मूर्तिहरूका चित्रहरू त्यहाँ बनाइएका मैले देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म भित्र पसेँ र हेरेँ। त्यहाँ सबै किसिमका घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलका सबै मूर्तिहरूको चित्र भित्ताभरि खोपिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म भित्र गएँ अनि हेरें। मैले त्यहाँ सबै किसिमको घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलको घरानाका सबै मूर्तिहरूका चित्रहरू बनाएको देखें, जसको विषयमा सोच्न पनि घिन लाग्छ। ती इस्राएलका मानिसहरूले पूज्ने देव-मूर्तिहरू अपवित्र थिए। त्यहाँ ती जनावरहरूको चित्र प्रत्येक भित्तामा चारैतिर खोपेको थियो।