Ezekiel 8:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शापानका छोरा याजन्‍याहसमेत जम्‍मा सत्तरी जना इस्राएली अगुवाहरू ती चित्रहरूको सामुन्‍ने उभिरहेका थिए। प्रत्‍येकले एक-एक वटा धूपदान हातमा लिएका थिए र धूपदानबाट धूपको धुवाँ माथितिर उठिरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका सामुन्‍ने इस्राएलको घरानाका सत्तरी जना धर्म-गुरुहरू र शापानको छोरो याजन्‍याह तिनीहरूका साथमा उभिरहेका थिए। हरेकको हातमा आ-आफ्‍नो धुपौरो थियो, र धूपको सुगन्‍धित धूवाँ मास्‍तिर उठिरहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चित्रहरूका सामु इस्राएलका सत्तरी जना प्रधानहरू उभिरहेका थिए। अनि शापानका छोरा याजन्याह तिनीहरूका बीचमा उभिरहेका थिए। हरेकको हातमा एक-एक वटा धुपौरा थिए, र धूपको सुगन्धित धुवाँको बादलमाथि उठिरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
तब मैले ध्यान दिएँ कि शापानको छोरा याजन्याह अनि इस्राएलका सत्तरीजना बूढा-प्रधानहरू त्यस स्थानमा पूजा गर्नेहरूसित थिए। त्यहाँ तिनीहरू मानिसहरूको ठीक छेउमा थिए। अनि प्रत्येक अगुवाहरूको हातमा आ-आफ्नो सुगन्धित धूपको थाल थियो। बल्दै गरेको धूपको धूवाँ हावामा उडदै थियो।