Ezekiel 8:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मलाई सोध्नुभयो, “ए मरणशील मानिस, मूर्तिहरूले भरिएको पूजास्थल अघि इस्राएली अगुवाहरूले गुप्तमा के गरिरहेका छन्, त्यो देख्दै छस्? तिनीहरूको यस्तो भनाइ छ, ‘परमप्रभुले हामीहरूलाई देख्नुहुन्न, उहाँले यस देशलाई त्याग्नुभएको छ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलको घरानाका धर्म-गुरुहरू हरेकले अँध्यारोमा आ-आफ्नो मूर्तिको पूजाकोठामा के गरिरहेका तैंले देखिस्? तिनीहरू भन्छन्, ‘परमप्रभुले हामीलाई देख्नुहुन्न। परमप्रभुले यस देशलाई त्याग्नुभएको छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, इस्राएलका प्रधानहरूले तिनीहरूका आफ्ना देवस्थानमा रहेर गुप्त रूपमा अन्धकारमा के गरिरहेका छन्, के तैँले देखेको छस्? तिनीहरू भन्छन्, याहवेहले हामीलाई देख्नुहुन्न; याहवेहले देशलाई त्यागिदिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले मसित भन्नुभयो, “हे मानिसको छोरो के तिमी देख्दैछौ इस्राएलको बूढा-प्रधानहरू अँध्यारोमा के गर्दारहेछन्? प्रत्येक मानिमसँग आ-आफ्नो झूटो देवताका निम्ति एउटा विशेष कोठा छ। तिनीहरू आपसमा यसो भनेर कुरा गर्छन्, ‘परमप्रभुले हामीलाई देख्नु हुँदैन र परमप्रभुले यस देशलाई छोडिसक्नु भएको छ।”‘