Ezekiel 8:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उहाँले मलाई मन्‍दिरको भित्री-चोकमा लैजानुभयो। त्‍यहाँ वेदी र दलानबीच पवित्र बासस्‍थानको प्रवेशद्वारनिर पच्‍चीस जना जति मानिसहरू थिए। तिनीहरूले पवित्र बासस्‍थानतिर पिठ फर्काएर पूर्वतिर मुख गरी तलसम्‍म शिर झुकाउँदै उदाउन लागेको सूर्यलाई दण्‍डवत् गरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले मलाई परमप्रभुका भवनको भित्री चोकमा ल्‍याउनुभयो, अनि त्‍यहाँ वेदी र दलानको बीचमा मन्‍दिरको प्रवेशद्वारमा प्राय: पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूका पीठ परमप्रभुको मन्‍दिरतिर र अनुहारचाहिँ पूर्वपट्टि फर्काएर पूर्वतिरै सूर्यलाई दण्‍डवत्‌ गरिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले मलाई याहवेहको भवनको भित्री चोकमा ल्याउनुभयो। त्यहाँ दलान र वेदीको बीचमा मन्दिरको प्रवेशद्वारमा करिब पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूका पीठ मन्दिरतिर र तिनीहरूका अनुहारहरू पूर्वतिर फर्काएर तिनीहरूले सूर्यलाई दण्डवत् गरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तब उहाँले मलाई परमप्रभुको मन्दिरको भित्री चोकमा लिएर जानुभयो। त्यस ठाउँमा मैले पच्चीस जना मानिसहरू तल निहुरेर पूजा गर्दै गरेको देखें। त्यो दलान अनि वेदीको बीचमा थियो। तर तिनीहरू गलत दिशातिर फर्केर उभिएका थिए। तिनीहरूको ढाड पवित्रस्थान पट्टि थियो। तिनीहरू सूर्यको पूजा गर्नका निम्ति तल निहुरिएका थिए!