Ezekiel 8:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, “ए मरणशील मानिस, तैँले त्यो देखिस् त? यी यहूदाका मानिसहरू तैँले देखेका घिनलाग्दा कुराहरू गरेर मात्र सन्तोक मान्दैनन्; तर तिनीहरूले देशभरि हिंसा फैलाउनुपर्छ र अन्यजातिहरूले जस्तै छाँटेको डाँठ नाकमा लगाई मेरो अझ अपमान गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तैंले यो देखिस्? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र? के तिनीहरूले देशलाई पनि उपद्रवले भरेर मलाई निरन्तर रीस उठाउँछन्? हेर, तिनीहरूले आफ्ना नाकमा हाँगा राखेका छन्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, के तैँले यो देखिस्? के यहूदाका मानिसहरूका निम्ति तिनीहरूले यहाँ गरिरहेका घृणित कुराहरू सानो कुरा हो? के तिनीहरूले देशलाई पनि हिंसाले भर्नैपर्छ र मेरो रिस निरन्तर उठाइरहनुपर्छ? हेर्, तिनीहरूले आफ्ना नाकमा रूखको हाँगा राखेका छन्!
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले भन्नुभयो, “मानिसको छोरा, तिमी यो देख्दैछौ? यहूदाका मानिसहरूले त्यो मेरो मन्दिरलाई यति महत्वहीन सम्झन्छन् कि तिनीहरूले यस्तो डरलाग्दा कुराहरू गर्छन्। यो देश हिंसाले भरिएको छ। तिनीहरूले मलाई निरन्तर रीस उठाउने काम गर्छन्। हेर, तिनीहरूले आफ्नो नाकमा मूर्खहरूले झैं कुण्डल पनि घुसार्छन्।