Ezekiel 8:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मेरो क्रोधको पूरा प्रभाव थाहा गर्नेछन्। म तिनीहरूलाई बाँकी राख्नेछैनँ, केही दया देखाउनेछैनँ। तिनीहरूले सकेसम्म उच्च सोरले मलाई प्रार्थना चढाउनेछन् तर म कान थाप्नेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण म मेरो रीसमा तिनीहरूसित व्यवहार गर्नेछु। म तिनीहरूलाई टिठ्याएर छोड्नेछैनँ। तिनीहरू उच्च सोरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्नेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म मेरो क्रोधमा तिनीहरूसित व्यवहार गर्नेछु। म तिनीहरूलाई दयाको नजरले हेर्नेछैनँ वा तिनीहरूलाई छोड्नेछैनँ। तिनीहरूले मेरो कानमा चिच्याए तापनि म तिनीहरूको कुरा सुन्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूमाथि आफ्नो क्रोध प्रकट गर्नेछु, म तिनीहरूमाथि कुनै दया राख्ने छैन। म तिनीहरूको निम्ति दुख अनुभव गर्ने छैन। तिनीहरू मलाई उच्च स्वरले बोलाउँने छन्, तर म सुन्न अस्वीकार गरिदिनेछु।”