Ezekiel 8:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मास्तिर हेरें र आगोजस्तो मानिसको आकारको दर्शन देखें। कम्मरदेखि तल त्यसको शरीर आगोजस्तै देखिन्थ्यो र कम्मरदेखि माथिचाहिँ टल्काएको काँसझैँ चम्कन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले हेरें, र मानिसको रूप भएको आकार मैले देखें। तिनको कम्मरमुनि तिनी आगोजस्तै थिए, र कम्मरदेखि माथिचाहिँ तिनको अनुहार टल्काएको धातुको झलकजस्तै देखिन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले हेरेँ, र मानिसको जस्तै एउटा आकृति देखेँ। उहाँको कम्मरजस्तो देखा पर्ने भागदेखि मुन्तिर आगोजस्तै थियो, र कम्मरदेखि मास्तिरको रूपचाहिँ टल्काइएको धातुको झलकजस्तो थियो।
Nepali ERV (पवित्र बाइबल)
मैले देखें त्यो आगो जस्तै थियो। एउटा मानिसको शरीर जस्तै देखिँदै थियो। कम्मरमुनि त्यो आगो जस्तै थियो। कम्मरमाथि त्यो आगोले टल्काएको पीतल जस्तै चहकिलो थियो।