Ezekiel 8:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले हातजस्तो आकार पसारेर मेरो केश समात्यो। त्यसपछि दर्शनमा परमेश्वरको आत्माले मलाई हावामा अग्लो गरी उचाल्नुभयो र यरूशलेममा पुर्याउनुभयो। आत्माले मलाई मन्दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल-ढोकानिर पुर्याउनुभयो, जहाँ एउटा मूर्ति थियो। त्यस मूर्तिले परमेश्वरको क्रोध बढाउँथ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले हातजस्तै आकार पसारेर मेरो कपालको लट्टा समातेर मलाई जुरुक्क उठाए। त्यसपछि आत्माले मलाई पृथ्वी र स्वर्गको बीचमा उचालेर परमेश्वरका दर्शनहरू देखाउँदै यरूशलेममा मन्दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर लग्नुभयो। त्यहाँ डाह तुल्याउने मूर्तिको आसन थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले हातजस्तै देखिने आकार पसारेर मेरो टाउकोको केशको मुठा समातेर मलाई जुरुक्क उठाउनुभयो। त्यसपछि आत्माले मलाई पृथ्वी र आकाशको बीचमा उचालेर परमेश्वरको दर्शनमा उहाँले मलाई यरूशलेममा भित्र चोकको उत्तरतिर फर्केको मूलढोकाको मुखमा लैजानुभयो, जहाँ डाह उत्पन्न गराउने मूर्ति खडा थियो।
Nepali ERV (पवित्र बाइबल)
तब मैले केही हात जस्तै देखिने पसारेको देखें। त्यो हातले मेरो टाउकाको कपाल समातेर मलाई उठायो। तब बतासले मलाई हावामा उचाल्यो अनि मलाई यरूशलेम लिएर गयो। परमेश्वरको दर्शनमा हातले मलाई उत्तर तिर फर्केको मन्दिरको भित्री ढोकामा पुर्यायो। परमप्रभुलाई डाह गराउने मूर्ति त्यहाँ थियो।