Ezekiel 8:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, उत्तर दिशातिर हेर्।” मैले त्यतैपट्टि हेरें। त्यहाँ वेदीको उत्तरमा भएको प्रवेश ढोकानिर त्यो मूर्ति देखें, जुनले परमेश्वरको क्रोध बढाउँथ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो! अब तेरो आँखा उठाएर उत्तर दिशातिर हेर्।” तब मैले हेरें, र वेदीको उत्तरपट्टिको प्रवेशद्वारमा त्यो डाहको मूर्ति मैले देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, उत्तरतिर हेर्।” अनि मैले हेरेँ, र वेदीको उत्तरपट्टिको प्रवेशद्वारमा मैले त्यो डाहको मूर्ति देखेँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मसित बोल्नुभयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। उत्तर पट्टि हेर!” यसकारण मैले उत्तर पट्टि हेरें। अनि त्यहाँ मूल ढोकाको वेदी द्वारको उत्तरपट्टि त्यो मूर्ति थियो, जुन प्रति परमेश्वरको डाह, हुन्थ्यो।