Ezekiel 8:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, के भइरहेछ, त्‍यो तँ देख्‍दै छस्? यहाँ इस्राएलका मानिसहरूले गरेका घिनलाग्‍दा कामहरू र मेरो पवित्र बासस्‍थानबाट मलाई टाढा-टाढा खेदेको हेर्‌। तैँले योभन्दा पनि अझ घिनलाग्‍दा कुराहरू देख्‍नेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, तिनीहरू के गर्दैछन्, के तँ देख्‍छस्‌? इस्राएलको घरानाले मलाई मेरो पवित्रस्‍थानबाट पर हटाउनलाई घिनलाग्‍दा काम यहाँ गरिरहेका छन्‌। तर तैंले त्‍योभन्‍दा अझ बढ़ी घिनलाग्‍दा कामहरू देख्‍नेछस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तिनीहरूले के गरिरहेका छन्, के तैँले ती कुराहरू देख्दैछस्? अर्थात्, इस्राएलका घरानाले यहाँ गरिरहेका ती अति घृणित कुराहरू, जसले मलाई आफ्नो पवित्रस्थानबाट टाढा लैजाओस्? तर तैँले यी कुराहरूभन्दा अझै घृणित कुराहरू देख्नेछस्।”
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले मलाई भन्नुभयो, “मानिसको छोरा! के तिमीले देख्यौ इस्राएलका मानिसहरूले कति डरलाग्दा कुराहरू गरिरहेका छन्? तिनीहरूले त्यो चीज यहाँ मेरो मन्दिरको छेउमा बनाएकोछ। यदि तिमी मसँग आयौ भने त्यो भन्दा पनि अझै भयंकर चीजहरू देख्नेछौ।”