Ezekiel 9:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिरको उत्तरपट्टिको बाहिरी मूल-ढोकातिरबाट छ जना मानिसहरू हातमा एक-एक वटा हतियार लिएर झट्टै त्यहाँ आए। मिहिन सुतीको पोशाक लाउने एक जना मानिस लेख्ने सामान लिएर तिनीहरूसित आए। तिनीहरू सबै जना आएर काँसाको वेदीनिर उभिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब छ जना मानिसहरू हरेकले आ-आफ्नो हातमा घातक हतियार लिएर उत्तरतिर फर्केको माथिल्लो प्रवेशद्वारबाट आइरहेका मैले देखें। सूती कपड़ा लगाएको र कम्मरमा मसीदानी भिरेको एक जना मानिस तिनीहरूसित थियो। तिनीहरू भित्र आए, र काँसाका वेदीको छेउमा उभिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले छ जना मानिसहरूलाई माथिल्लो मूलढोका उत्तर दिशातिर फर्केकाबाट हरेकले आफ्ना हातमा घातक हतियार बोकेर आइरहेका देखेँ। तिनीहरूसित सुती कपडा लगाएको र कम्मरमा मसीदानी भिरेको एक जना मानिस थिए। तिनीहरू मन्दिरको भित्री भागमा आए, र काँसाको वेदीको छेउमा उभिए।
Nepali ERV (पवित्र बाइबल)
तब मैले छ जना मानिसहरू माथिल्लो ढोकाबाट सडकमा आउँदै गरेको देखें। त्यो ढोका उत्तरपट्टि थियो। प्रत्येक मानिसले आफैलाई नाश गर्ने हतियार आ-आफ्नो हातमा लिएका थिए। ती मानिसहरू मध्ये एक जनाले सूती लुगा लगाएको थियो। उसले कम्मरमा मसीदानी भिरेको थियो। तिनीहरू मन्दिरभित्र गएर काँसाको वेदीको छेउमा उभिए।