Ezekiel 9:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यरूशलेम सहरको चारैतिर जा र यस सहरमा भइरहेका घिनलाग्दा कुराहरूको कारणले गर्दा शोक र विलाप गर्नेहरूका निधार-निधारमा एक-एक वटा चिनो लाइदे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्यसलाई भन्नुभयो, “यरूशलेम सहरका चारैतिर गएर त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदार-निदारमा एउटा चिन्ह लगा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र तिनलाई भन्नुभयो, “यरूशलेम सहरको चारैतिर जा, र त्यसमा गरिएका घिनलाग्दा कामहरूका निम्ति दुःखी हुने र विलाप गर्ने सबैको निधारमा एउटा चिन्ह लगाइदे।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले उसलाई भन्नुभयो, “यरूशलेम शहरबाट भएर जाऊ। त्यो शहरमा मानिसहरू तिनीहरूप्रति गरिएको डरलाग्दो चीजहरूको विषयमा दुखी छन् अनि आपतमा छन्, तिनीहरू प्रत्येकको निधारमा एउटा चिन्ह लगाई देऊ।”