Ezekiel 9:6 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुढापाकाहरू, युवक-युवतीहरू, आमाहरू र बाल-बालिकाहरू सबैलाई मार्नू। तर निधारमा चिनो लगाएको कसैलाई पनि नछुनू। यो काम मेरो मन्‍दिरबाट सुरु गर।” त्‍यसरी नै तिनीहरूले आफ्‍ना काम मन्‍दिर अगाडि उभिरहेका अगुवाहरूबाट सुरु गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बूढ़ा मानिस, तरुण-तरुणी, स्‍त्री र बालकहरू सबैलाई खतम पार, तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ। मेरो पवित्रस्‍थानदेखि नै सुरु गर।” यसैले तिनीहरूले मन्‍दिरको सामुन्‍ने भएका धर्म-गुरुहरूदेखि नै यो काम सुरु गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वृद्धहरू, युवक-युवतीहरू, स्त्रीहरू र बालबालिकाहरूलाई मार्नू। तर निधारमा त्यो चिन्ह हुने कसैलाई पनि नछोओ। मेरै पवित्रस्थानबाट नै सुरु गर।” यसकारण तिनीहरूले मन्दिरको सामु भएका वृद्धहरूबाट नै सुरु गरे।