Ezekiel 9:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले तिनीहरूलाई भन्नुभयो, “मन्दिर अपवित्र गरिदेओ, चोकहरू लाशले भरिदेओ, आफ्नो काम सुरु गर!” यसरी तिनीहरूले सहरमा भएका मानिसहरूलाई मार्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मन्दिर बिटुलो पारिदेओ, र चोकहरू मारिएकाहरूका लाशहरूले भरिदेओ। जाओ!” यसैले तिनीहरू गएर सहरका चारैतिर मार्न सुरु गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “जाओ, मन्दिरलाई अशुद्ध पार, र चोकहरूलाई मरेका लासहरूले भरिदेओ!” यसकारण ती छ जना मानिसहरू निस्केर गए, र सहरका चारैतिर मानिसहरूलाई मार्न थाले।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले उसलाई भन्नुभयो, “यो मन्दिरलाई अपवित्र बनाइदेऊ। यो चोकहरू लाशले भरिदेऊ!” यसकारण तिनीहरू गए अनि तिनीहरूले शहरमा मानिसहरू मार्न थाले।