Ezekiel 9:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि जब त्यहाँ काटमार चलिरहेको थियो, त्यहाँ म एक्लै थिएँ र भूइँमा घोप्टो परी यसरी चिच्च्याएँ, “हे सार्वभौम परमप्रभु, के तपाईं यरूशलेमसित यति साह्रो रिसाउनुभएको छ? के तपाईंले इस्राएलमा बाँकी रहेका सबैलाई नै मार्नुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले मार्दैथिए, र मचाहिँ एकलै छोड़िएँ, तब घोप्टो परेर रुँदै मैले भनें, “हे परमप्रभु परमेश्वर, यरूशलेममाथि आफ्नो क्रोध खन्याउनुहुँदा इस्राएलका बचेकाहरू जम्मैलाई पनि के तपाईं सर्वनाश गर्नुहुन्छ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मानिसहरूलाई मारिरहँदा म एकलै छोडिएको थिएँ, तब मैले जमिनमा घोप्टो परी रुँदै भनेँ, “हे, प्रभु याहवेह! तपाईंको क्रोध यरूशलेममाथि पोखाउनुहुँदा के तपाईं इस्राएलका बाँकी रहेका सबै मानिसहरूलाई नाश गर्नुहुनेछ?”
Nepali ERV (पवित्र बाइबल)
जब ती मानिसहरूले, मानिसहरूलाई मार्न गए, त्यति बेला म त्यहीं उभिरहें। मैले मेरो शिर भूईतिर निहुराएर कराए, “परमप्रभु मेरो मालिक तपाईं यरूशलेमको विरूद्ध क्रोध प्रकट गर्नका निम्ति तपाईंले इस्राएलमा बाँचेका सबै मानिसहरू मार्दैहुनु हुन्छ?”