Ezra 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“फारस देशका महाराजा कोरेसको यो आज्ञा छ। परमप्रभु स्‍वर्गका परमेश्‍वरले मलाई सारा संसारका राजा बनाउनुभएर उहाँको निम्‍ति यहूदा देशको यरूशलेम सहरमा एउटा मन्‍दिर बनाउने कार्यभार दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“फारसका राजा कोरेस यसो भन्‍छन्, ‘परमप्रभु, स्‍वर्गका परमेश्‍वरले पृथ्‍वीका सबै राज्‍य मलाई दिनुभएको छ। उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्‍ति एउटा मन्‍दिर बनाउन आज्ञा गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“परसीयाका राजा कोरेस यसो भन्छन्: “ ‘याहवेह, स्वर्गका परमेश्‍वरले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ। याहवेहले यहूदाको यरूशलेममा उहाँका निम्ति मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
“फारसका राजा कोरेस यो भन्नुहुन्छः परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ।