Ezra 1:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू, जो उहाँका जन हौ, हरेकसित परमेश्वर रहून्। यरूशलेममा गएर तिमीहरूले परमप्रभु इस्राएलका परमेश्वरको, जसको त्यहाँ पूजा गरिन्छ, मन्दिर बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून्। सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको बीचमा जो याहवेहका प्रजा हुन्, तिनीहरूका परमेश्वर तिनीहरूसँग होऊन्! तिमीहरू याहवेह, इस्राएलका परमेश्वर, जो यरूशलेममा हुनुहुन्छ, उहाँको मन्दिर पुनर्निर्माण गर्नलाई यहूदाको यरूशलेममा जाओ।
Nepali ERV (पवित्र बाइबल)
उहाँका समस्त मानिसहरू मध्ये को तिमीहरूसित छन? तिनीहरूका परमेश्वर तिनीहरूका साथ रहून्। अनि परमप्रभु, इस्राएलका परमेश्वर, जो परमेश्वर यरूशलेम रहनुहुन्छ र उहाँको मन्दिर निर्माण गर्न यहूदाको मानिसहरू यरूशलेममा जान सक्छन्।