Ezra 1:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यहूदा र बेन्यामीन कुलका गोत्र-गोत्रका प्रधानहरू, पूजाहारी र लेवीहरू अनि परमेश्वरले ज-जसका हृदयमा प्रेरणा दिनुभएको थियो, तिनीहरू सबै यरूशलेममा गई परमप्रभुको मन्दिर फेरि बनाउन तयार भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि यरूशलेममा परमप्रभुका भवनको पुनर्निर्माण गर्न परमेश्वरले उत्तेजित पार्नुभएका यहूदा र बेन्यामीनका परिवारका मुख्य मानिसहरू अनि पूजाहारीहरू र लेवीहरू सबै नै जानलाई तयार भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यरूशलेममा याहवेहको भवन पुनर्निर्माण गर्न यहूदा र बेन्यामीनका घरानाका अगुवाहरू, पुजारीहरू र लेवीहरू, हरेक जसका हृदयमा परमेश्वरले काम गर्नुभयो, तिनीहरू यरूशलेम गएर याहवेहको भवन पुनर्निर्माण गर्न तयार भए।
Nepali ERV (पवित्र बाइबल)
तब यहूदा अनि बिन्यामिन कुलका अगुवाहरू अनि पूजाहारीहरू र लेवीहरू जानलाई तयार भए। प्रत्येक व्यक्तिलाई परमेश्वरले यरूशलेममा परमप्रभु को मन्दिर निर्माण गर्न जानको निम्ति प्रेरणा दिनु भयो।