Ezra 1:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका सबै छिमेकीहरूले धेरै थोक; चाँदीका भाँडा-कुँडा, सुन, चीजबीजहरू, घरेलु पशुहरू, अरू बहुमूल्‍य कुराहरू र मन्‍दिरमा चढाउने भेटीहरू दिएर तिनीहरूलाई मद्दत गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका छिमेकीहरू सबैले राजीखुशीले दिएका भेटीका साथ सुन र चाँदीका वस्‍तुहरू, धन-सम्‍पत्ति, गाईबस्‍तु र बहुमूल्‍य पदार्थहरू दिएर तिनीहरूलाई सहायता गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका छिमेकीहरू सबैले स्वेच्छा भेटीहरूसहित सुन र चाँदीका सामानहरू, धनसम्पत्ति, गाईबस्तुहरू, र बहुमूल्य उपहारहरू दिएर उनीहरूलाई सहायता गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-ताल अनि पशु-प्राणिहरूको साथै मुल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे।