Ezra 10:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एज्रा मन्‍दिरको सामुन्‍ने शिर निहुराएर प्रार्थना गर्दै, रुँदै तिनीहरूले गरेका पाप स्‍वीकार गरिरहेका थिए। इस्राएली पुरुष, स्‍त्री र केटा-केटीहरूको एउटा ठूलो भीड तिनका चारैपट्टि भेला भयो। भीडका मानिसहरू पनि दु:ख मान्‍दै रोइरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब एज्रा परमप्रभुका भवनको अगि लम्‍पसार पर्दै, प्रार्थना गर्दै, पश्‍चात्ताप गर्दै र रुँदैथिए, तब इस्राएलको एउटा ठूलो भीड़— पुरुष, स्‍त्री र केटाकेटीहरू— तिनको चारैतिर भेला भए। तिनीहरू पनि धुरुधुरु रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब एज्रा परमेश्‍वरको भवन अगिल्तिर भुइँमा लम्पसार परेर रुँदै पाप स्वीकार गर्दै प्रार्थना गर्दैथिए, तब इस्राएलीहरूको एउटा विशाल भीड—पुरुषहरू, स्त्रीहरू र केटाकेटीहरू, तिनको वरिपरि भेला भए। तिनीहरू सबै धुरुधुरु रोए।
Nepali ERV (पवित्र बाइबल)
जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे। र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए।