Ezra 10:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब परमप्रभु तिम्रा पिता-पुर्खाका परमेश्वरसँग आफ्ना पाप मानिलेओ र उहाँलाई प्रसन्न गराउने काम गर। आफ्ना देशमा बास गर्ने विदेशीहरूबाट टाढा होओ र तिम्रा विदेशी स्वास्नीहरूलाई हटाओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको सामुन्ने आफ्ना पाप स्वीकार गर, र उहाँको इच्छाअनुसार काम गर। तिमीहरू विदेशी मानिसहरू र तिमीहरूका विदेशी पत्नीहरूबाट अलग होओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तिमीहरूका पितापुर्खाहरूका परमेश्वर याहवेहको सामु आफ्ना पापहरू स्वीकार गर, र उहाँको इच्छाअनुसार गर। तिमीहरूका वरिपरिका मानिसहरू र तिमीहरूका विदेशी पत्नीहरूबाट आफूलाई अलग गर।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ अब हाम्रा पिता-पुर्खाका परमेश्वर प्रति अपराध स्वीकार गर अनि उहाँको इच्छा अनुसार कार्य गर। तिमीहरूले स्वयंलाई त्यस भूमिका मानिसहरूबाट अनि तिमीहरूका विदेशी पत्नीहरूबाट अलग गर।”