Ezra 10:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले यो कुरा थपे, “भीड ठूलो छ र ठूलो वर्षा भइरहेको छ। हामी यो खुल्‍ला ठाउँमा यसरी उभिन सक्‍दैनौं। यो एक वा दुई दिनमा सकिने कुरा होइन किनभने हामी धेरै जना यस पापमा परेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हामी एउटा ठूलो भीड़ छौं, र यो वर्षा ऋतुको समय छ। हामी यहाँ खुला ठाउँमा उभिरहन सक्‍दैनौं। यसबाहेक यो काम एक-दुई दिनमा खतम हुनेछैन, किनभने यस विषयमा हामीले घोर अपराध गरेका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहाँ असंख्य मानिसहरू छन्, र यो समय धेरै पानी पर्ने समय भएको हुनाले हामी बाहिर उभिरहन सक्दैनौँ। अनि यो विषय एक दुई दिनभित्रमा सिद्ध्याउन सकिँदैन; किनकि हामीले यस विषयमा घोर पाप गरेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
तर यहाँ धेरै मानिसहरू छन् अनि यो वर्षा ऋतु हो। यसर्थ हामी बाहिर उभिन सत्तैनौं। यो काम एक वा दुइ दिनको होइन, किन हामीले यस कुरामा महानरूपले पाप गरेका छौ।