Ezra 10:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा अधिकृतहरू यरूशलेममा बसून् र यस कुराको जिम्मा लेऊन्। जसको विदेशी स्वास्नी छ, त्यो कुनै तोकिएको दिनमा आफ्ना सहरका अगुवा र न्यायकर्ताहरूसित आओस्। यसरी यस विषयमा परमेश्वरको क्रोध शान्त हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा मुख्य पदाधिकारीहरूले हामी जम्मै समुदायको निम्ति काम गरिदेऊन्। यस विषयमा परमप्रभुको भयङ्कर क्रोध शान्त नहोउञ्जेल हाम्रा सहरमा हुने विदेशी स्त्रीसित विवाह गरेकाहरू सबै तोकिएको समयमा हाजिर होऊन्, अर्थात् हरेक मानिस आफ्नो सहरका धर्म-गुरु र न्यायकर्ताहरूका साथमा हाजिर होऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा अधिकारीहरूले सम्पूर्ण सभाको निम्ति काम गरून्। त्यसपछि हाम्रा परमेश्वरको भयङ्कर क्रोध हामीबाट नहटुन्जेल हाम्रो सहरमा भएका हरेक जसले विदेशी स्त्री विवाह गरेका छन्, ती त्यसै सहरका प्रधानहरू र न्यायकर्ताहरूसित तोकिएको समयमा आऊन्।”
Nepali ERV (पवित्र बाइबल)
हाम्रा अधिकारीहरू, प्रमुखहरूले सम्पूर्ण सभाको प्रतिनिधित्व गरून् अनि हाम्रा शहरका सबैजना जसले विदेशी स्त्रीहरू विवाह गरेका छन्। तिनीहरूसित प्रत्येक शहरका धर्मगुरू अनि त्यहाँका न्यायकर्त्ताहरू नियोजित समयमा आउन्, जब सम्म यस विषयमा हाम्रा परमेश्वरको जल्दो क्रोध हामीबाट टाढा हटदैन।”