Ezra 10:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कैदबाट फर्किआएका पुरुषहरूले त्‍यो कुरा स्‍वीकार गरे र एज्राले गोत्र-गोत्रका प्रधानहरूमध्‍येबाट अगुवाहरू खटाए र तिनका नाम लेखे। दशौँ महिनाको पहिलो दिन तिनीहरूले आफ्‍नो जाँच सुरु गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण निर्वासनबाट फर्केर आएकाहरूले सुझाव गरेअनुसार काम गरे। पूजाहारी एज्राले आ-आफ्‍नो परिवारका घराना-घरानालाई प्रतिनिधित्‍व गर्न नाउँ तोकेकाहरूलाई छाने। तिनीहरूले दशौँ महिनाको पहिलो दिन यस विषयमा जाँच सुरु गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण निर्वासनबाट फर्कनेहरूले सङ्कल्प गरेअनुसार नै गरे। पुजारी एज्राले परिवारहरूका अगुवाहरूलाई छाने। प्रत्येक परिवारको समूहबाट एक-एक पुरुष गरेर छाने; अनि तिनीहरूका नामद्वारा तिनीहरूलाई नियुक्त गरियो। दसौँ महिनाको पहिलो दिनमा तिनीहरू ती मुद्दाहरू जाँच्नलाई बसे।
Nepali ERV (पवित्र बाइबल)
फर्केका कैदीहरूले यसो गरे। पूजाहारी एज्राले कुलका प्रमुखहरूलाई आफ्ना कुलका विभागको प्रतिनिधित्व गर्नका निम्ति थरि थरिका मानिसहरू चुने अनि ती सबैलाई नाउँद्वारा पदस्थ गरेका थिए। दशौ महिनाको को पहिलो दिन तिनीहरू विषय अध्ययन गर्न बसे।