Ezra 10:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी आइमाई र बालकहरूलाई हामी टाढा पठाउनेछौं भनी हामीले आफ्‍ना परमेश्‍वरसित गम्‍भीर प्रतिज्ञा गर्नुपर्छ। तपाईं र परमेश्‍वरको आज्ञा मान्‍ने मानिसहरूले हामीलाई जे सल्‍लाह दिनुहुन्‍छ, त्‍यही हामी गर्नेछौं। परमेश्‍वरको व्‍यवस्‍थाले जे भन्‍छ, त्‍यही हामी गर्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मेरा प्रभुको र हाम्रा परमेश्‍वरका आज्ञादेखि डराउनेहरूको सल्‍लाहअनुसार अब यी सबै स्‍त्रीहरू र तिनीहरूका छोराछोरी सबैलाई त्‍यागिदिने हामी आफै हाम्रा परमेश्‍वरसित बाचा बाँधौं। र व्‍यवस्‍थाले दिएबमोजिम काम गरौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हाम्रा परमेश्‍वरको आज्ञाको डर मान्‍नेहरू र मेरा प्रभुको सल्‍लाहबमोजिम यी सबै कनानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई यहाँबाट टाढा पठाउन हामी हाम्रा परमेश्‍वरको अगि एउटा वाचा बाँधौँ। अनि योचाहिँ व्यवस्थाबमोजिम गरियोस्।
Nepali ERV (पवित्र बाइबल)
अब, यस विषयमा इस्राएलका निम्ति अझ आशा छ। यसर्थ अब यी समस्त पत्नीहरू अनि तिनीहरूका छोरा-छोरीहरूलाई मेरा मालिक एज्रा को अनि हाम्रा परमेश्वरको आदेश र आदर गर्नेहरूको सल्लाह अनुसार पठाउनका निम्ति व्यवस्था अनुसार हाम्रा परमेश्वर सित हामी एक करार गरौ।