Ezra 10:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एज्राले पूजाहारी, लेवीहरू र बाँकी मानिसहरूका अगुवाहरूलाई शकन्‍याहले भनेअनुसार काम गर्छौं भनी शपथ खान लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एज्रा खड़ा भएर मुख्‍य पूजाहारीहरू र लेवीहरू र सबै इस्राएलीहरूलाई सुझाव गरिएका कुरा पूरा गर्न शपथ खान लाए। अनि तिनीहरूले शपथ खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण एज्रा उभिएर मुख्य पुजारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई सुझाव पाएअनुसार गर्नू भनेर शपथ खान लगाए। अनि तिनीहरूले शपथ खाए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ एज्रा उठे र उनले पूजाहारीहरू लेवीहरू अनि इस्राएलका समस्त मानिसहरूका अगुवाहरूलाई, जे गर्ने सल्लाह भएको छ। त्यही गर्ने शपथ दिलाए। तिनीहरूले त्यसै गर्ने शपथ गरे।