Ezra 10:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनी मन्दिरको सामुन्नेबाट एल्यासीबको छोरो यहोहानानको कोठामा गए र कैदबाट फर्किआएका मानिसहरूका अविश्वासयोग्यतामाथि विलाप गर्दै उनले सारा रात बिताए। उनले केही खाएनन् र पिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि एज्रा परमेश्वरका भवनको अगिबाट एल्यासीबका छोरा येहोहानानको कोठामा गएर बसे। तिनले केही खानपान गरेनन्, किनभने कैदबाट फर्केर आएकाहरूका अपराधका निम्ति तिनी विलाप गर्दैथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि एज्रा परमेश्वरको भवनको उपस्थितिबाट निस्केर एल्यासीबको छोरो येहोहानानको कोठातिर गए। त्यहाँ बस्दा तिनले खाना खाएनन्, न त पानी नै पिए। किनकि तिनले अझै पनि निर्वासनबाट फर्कने मानिसहरूका विश्वासघातको कारण शोक गरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि एज्रा परमेश्वरको मन्दिर सामुनेबाट पर गए अनि उनी एल्यासीबका छोरा योहानानको कोठामा गए अनि उनले त्यहीं रात बिताए। उनले त्यहाँ रोटी खाएनन्, अनि पानी पनि पिएनन्, किनभने कैदी बाट फर्केर आउनेहरूको अविश्वासीपनले गर्दा उनी अझ आफशोस गर्दै थिए।