Ezra 10:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो आज्ञा मानिसहरूका अगुवाहरूले दिएका थिए। तीन दिनभित्र जो आइपुग्दैन, त्यसका सारा सम्पत्ति जफत गरिनेछ र त्यसले समाजका सदस्य रहने अधिकार गुमाउनेछ भन्ने पनि आदेश थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तीन दिनभित्रमा कोही नआएको खण्डमा अधिकारीहरू र धर्म-गुरुहरूको फैसलाअनुसार त्यसको सबै धन-सम्पत्ति जफत गरिनेछ, र कैदबाट आएकाहरूको समुदायबाट त्यो अलग गरिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन दिनभित्र यदि कोही आएन भने अधिकारीहरू र प्रधानहरूका निर्णयअनुसार त्यसको सबै धनसम्पत्ति कब्जा गरिनेछ। अनि त्यसले आफैँलाई निर्वासनबाट फर्कनेहरूका सभाबाट अलग गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तीन दिन भित्रमा जो आउदैन, अधिकारी अनि धर्मगुरूको निर्णय अनुसार उसले आफ्नो सम्पूर्ण सम्पत्ति गुमाउन सक्ने छन्। अनि उसलाई फर्केर देशनिकालाहरूको समूहबाट अलग गरिनेछ।