Ezra 10:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन दिनभित्र नवौँ महिनाको बीसौँ दिन यहूदा र बेन्यामीनका सबै पुरुषहरू यरूशलेममा आए र मन्दिरको चोकमा भेला भए। ठूलो वर्षा भइरहेको थियो र वर्षा अनि सभाको महत्त्वको कारणले प्रत्येक व्यक्ति कामिरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदा र बेन्यामीनका सबै मानिसहरू तीन दिनभित्रै यरूशलेममा भेला भए। र नवौँ महिनाको बीसौँ दिनमा यो घटना र ठूलो वर्षाको कारणले सबै मानिसहरू दु:खित भई परमप्रभुका भवनको सामुन्ने चोकमा बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन दिनभित्र यहूदा र बेन्यामीनका सारा मानिसहरू यरूशलेममा भेला भए। यो भेला नवौँ महिनाको बीसौँ दिनमा, परमेश्वरको भवनको अगिल्तिर आँगनमा भएको थियो। सारा मानिसहरू यो घटना र झरीको कारणले औधी दुःखित भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तीन दिन भित्र मा यहूदा अनि बिन्यामीनका समस्त मानिसहरू यरूशलेममा भेला भए। यो नवौ महिनाको बिसौ दिन थियो। समस्त मानिसहरू परमेश्वरको मन्दिरको खुला स्थानमा बसेका थिए। अनि त्यस वृष्टिको कारणले तिनीहरू डरले काम्दै थिए।