Ezra 2:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कैदमा रहेका धेरै यहूदीहरू बेबिलोन प्रान्‍तबाट यरूशलेम र यहूदामा फर्के र आ-आफ्‍ना सहरमा गए। नबूकदनेसर राजाले कैद गरी लगेका समयदेखि त्‍यस बेलासम्‍म तिनका परिवारहरू बेबिलोनियामा बास गरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कैदबाट छुटकारा पाएर आएका प्रान्‍तका मानिसहरू यिनै हुन्, जसलाई बेबिलोनका राजा नबूकदनेसरले बेबिलोनमा कैद गरेर लगेका थिए। तिनीहरू यरूशलेम र यहूदाका हरेक आ-आफ्‍नो सहरमा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू
Nepali ERV (पवित्र बाइबल)
त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए।