Ezra 2:59 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[59-60] तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट फर्किआएका दलायाह, तोबिया र नकोदा गोत्रका मानिसहरू जम्‍मा ६५२ जना थिए तर हामी इस्राएलीहरूका सन्‍तान हौं भनी तिनीहरूले प्रमाण दिन सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनेर बताउन सकेनन्‌। यी हुन्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:
Nepali ERV (पवित्र बाइबल)
निम्न लिखित मानिसहरू तेल मेलह, तेल हर्शा करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्।