Ezra 2:61 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[61-62] यी पूजाहारी गोत्रहरूले पनि आफ्‍ना पुर्खाहरूबारे प्रमाण दिनलाई केही कागज-पत्र पाउन सकेनन्: होबायाह, हक्‍कोस र बर्जिल्‍लै। (बर्जिल्‍लै नामका पूजाहारी गोत्रका पुर्खाले गिलादवासी बर्जिल्‍लैकी एउटी छोरीलाई विवाह गरेर ससुराको नाउँमा आफ्‍नो गोत्रको नाम राखेका थिए।) आफ्‍ना पुर्खाका केही प्रमाण दिन नसकेकाले तिनीहरू पूजाहारी भनी ग्रहण गरिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार र गिलादी बर्जिल्‍लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्‍ने बर्जिल्‍लैका परिवार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पुजारीहरूमध्येबाट: होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।
Nepali ERV (पवित्र बाइबल)
अनि पूजाहारीहरूका परिवारः हबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि र्बजिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी र्बजिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँ द्वारा सम्बोधन गरिथ्यो।)