Ezra 2:63 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदी बडा-हाकिमले तिनीहरूलाई भने कि ऊरीम र तुम्‍मीम प्रयोग गर्न सक्‍ने एक जना पूजाहारी नआएसम्‍म तिनीहरूले परमेश्‍वरलाई चढाइएका भोजन खान सक्‍नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि राज्‍यपालले “ऊरीम” र “तुम्‍मीम” ले सेवा गर्ने कुनै एउटा पूजाहारी नहोउञ्‍जेल तिनीहरूलाई महापवित्र थोक खान मनाही गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।
Nepali ERV (पवित्र बाइबल)
राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।