Ezra 2:68 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब कैदबाट फर्केकाहरू परमप्रभुको मन्‍दिर यरूशलेममा आइपुगे, तब कति गोत्र-गोत्रका प्रधानहरूले पुरानै ठाउँमा फेरि मन्‍दिर बनाउन मद्दत दिन आफ्‍ना इच्‍छाले भेटीहरू चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू यरूशलेममा परमप्रभुको भवनमा आएपछि कुनै-कुनै परिवारका मुख्‍य मानिसहरूलेचाहिँ परमेश्‍वरको भवन त्‍यसको पहिलेकै ठाउँमा पुनर्निर्माण गर्न स्‍वेच्‍छा भेटीहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्‍वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे।