Ezra 2:70 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी, लेवी र कोही-कोही मानिसहरू यरूशलेम र त्‍यसका छेउ-छाउमा बसे। गवैया, पहरादार र मन्‍दिरका काम गर्नेहरू त्‍यहीँ छेउ-छाउका सहरमा बसे र बाँकी सबै इस्राएलीहरू आ-आफ्‍ना पिता-पुर्खाहरू बसेका सहरहरूमा बास गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीहरू, लेवीहरू, गवैयाहरू, द्वारपालहरू र मन्‍दिरका सेवकहरू अरू कोही मानिसहरूका साथ आ-आफ्‍ना सहरहरूमा बसोबास गरे, र बाँकी इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसोबास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।