Ezra 3:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले मन्दिरको जग बसाल्न थालेपछि पूजाहारीहरू पोशाक पहिरेर हातमा तुरही लिई आफ्ना ठाउँमा उभिए। आसाप गोत्रका लेवीहरू झ्याम्टा लिएर उभिए। दाऊद राजाको पालादेखि मान्दैआएको आदेशअनुसार तिनीहरूले परमप्रभुको प्रशंसा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब बनाउनेहरूले परमप्रभुका मन्दिरको जग बसाले, तब पूजाहारीहरूले आफ्ना पोशाक लगाएर तुरहीका साथमा, र लेवीहरू (अर्थात् आसापका छोराहरू) झ्यालीको साथमा इस्राएलका राजा दाऊदले तोकिदिएको रीतअनुसार परमप्रभुको प्रशंसा गर्न आ-आफ्ना स्थान लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब डकर्मीहरूले याहवेहको मन्दिरको जग बसाले, तब पुजारीहरूले आफ्नो पोशाकको साथमा तुरहीहरू लिए; अनि लेवीहरू अर्थात् आसापका छोराहरूले चाहिँ खैँजडीहरू लिएर इस्राएलका राजा दावीदले बताएअनुसार याहवेहको प्रशंसा गर्न आ-आफ्ना स्थानहरू लिए।
Nepali ERV (पवित्र बाइबल)
जब निर्माणकर्त्ताहरूले परमप्रभुको मन्दिरको जग बसाए तब पूजाहारीहरूले आफ्ना विशेष वस्त्र लगाएर हातमा तुरही लिए अनि लेवीहरूले आफ्ना झ्याम्टाहरूको साथ, इस्राएलका राजा दाऊदको निर्देश अनुसार परमप्रभुको स्तुति गर्न आफ्नो स्थान ग्रहन गरे।