Ezra 3:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै वृद्ध पूजाहारी, लेवी र गोत्र-गोत्रका प्रधानहरूले पहिलो मन्‍दिर देखेका थिए। यो मन्‍दिरको जग बसालेको देखेर तिनीहरू रुन र विलाप गर्न थाले। तर त्‍यहाँ हुने अरू व्‍यक्तिहरूचाहिँ आनन्‍दले चिच्‍च्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अघिको भवन देखेका धेरै जना वृद्ध पूजाहारीहरू, लेवीहरू र परिवारका मुखियाहरू भवनको जग बसालेको देखेर रोए र चर्को सोरले विलाप गरे, र अरू धेरैचाहिँ आनन्‍दले जयजयकार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर वृद्ध पुजारीहरू, लेवीहरू र परिवारका मुखियाहरू, जसले पुरानो मन्दिर देखेका थिए, तिनीहरू यो मन्दिरको जग बसालिएको देखेर ठूलो सोरले रोए। तर अरू धेरै मानिसहरूले चाहिँ हर्षले सोर उचालेर जयजयकार मनाए।
Nepali ERV (पवित्र बाइबल)
“किनभने इस्राएलप्रति उहाँको विश्वासमय प्रेम सदा-सर्वदा रहिरहन्छ।” अनि समस्त मानिसहरू परमप्रभुको स्तुति गर्न जोडले कराए, किनभने परमप्रभुको मन्दिरको जग बसालिएको थियो। तर धेरै अगुवा पूजाहारीहरू, लेवीहरू अनि कुलका अगुवाहरू जसले अघिको मन्दिर देखेका थिए, ती रोए।